Fine Gold | 1 Tola | NRs. 191500 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
विराटनगर ,माघ २९ भारतबाट ठुलो परिमाणमा अवैध रुपमा नेपाल भित्र्राइएको कपडासहित विराटनगरका एक व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का कनबिर मुस्ताकिमलाई पक्राउ गरेको हो । ३ दिन अगाडी विराटनगर–इटहरी सडक खण्डमा रोकेर राखेको १ ज २१८८ नम्बरको गाडीमा लोड गरेर राखीएको कपडासहित इलाका प्रहरी […]
विराटनगर, माघ २८ तस्करीको आशंकामा मोरङको सुन्दरहरैचाबाट प्रहरीले ६७ वटा गोरु मंगलबार नियन्त्रणमा लिएको छ । तीनवटा ट्रकमा गोरुहरु लोड गरेर लैजाँदै गरेको अवस्थामा पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचाको बाँसबारीमा प्रहरीले ट्रकसहित गोरुहरु नियन्त्रणमा लिएको होे । गोरु ओसार्नको लागी ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकहरु प्रयोग […]
विराटनगर ,माघ २८ विराटनगर १५ रानि स्थित स्वास्थ्य चौकिमा लायन्स क्लब अन्तर्गत लियो बहुमुखि जिल्ला ३२५ नेपाल र लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकाको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ । लियो क्लब अफ बिराटनगर ए वानले सोमबार लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकासंग समन्वय गर्दै उक्त वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । देश फरक भएपनि […]
काठमाडौँ , माघ २६ सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी १७ र २७ गते हुने पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्याएको छ । मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय […]
विराटनगर, माघ २६ सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।
विराटनगर, माघ २४ नेपाली सेनाको उपसेनानी हुँ भन्दै ठगी हिड्ने एक व्यक्तीलाई प्रहरीले सुनसरीको ईटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पर्सा जिल्ला ठोरी गाउँपालिका ५ का २८ वर्षीय शिवजंग कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको आरोप छ । कार्कीलाई बुधवार इटहरी–६ स्थित सामुदायिक अस्पताल […]
बिराटनगर, माघ २४ एल पि ग्याँस विक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार विराटनगरमा सम्पन्न भएको संघको १३ औं अधिवेशनले साहको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना गौतम , सचिवमा सुधिर यादवर सहसचिव […]
विराटनगर, माघ २२ मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा जमिनमुनि गाडेको अवस्थामा १८५ राउण्ड गोली फेला परेको छ । उक्त गोली एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम साईजको रहेको प्रहरीले पुष्ठि गरेको छ । स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो प्लास्टिकमा गाडेको अवस्थामा गोली फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् […]
विराटनगर, माघ २२ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा) आज आह्वान गरेको देशव्यापी आमहड्ताको प्रभाव विराटनगरमा समेत परेको छ । बन्दकर्ताहरुले विहानदेखिनै चार चक्के सवारीहरु चल्न दिएका छैनन् । उनीहरुले ठाँउ–ठाँउमा टायर बालेर सवारी आवत जावतमा अवरोध पुर्याई रहेका छन् । दुइ चक्के सवारी तथा सिटिसफारीहरु फाटफुट रुपमा गुडिरहेका छन् […]
विराटनगर, माघ २० सरकारको प्रतिगमनको विरुद्ध नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस इकाई कमिटिले विराटनगरको रोडशेषचोकमा प्रधानमन्त्रीको पुत्लादहन गरेको छ । सोमबार साझँ नेवि संघका विद्यार्थीले क्याम्पस प्रागढबाट जुलुसको थालनी गरी रोडशेष चोकमा गई पुत्ता दहन गरेका हुन् । करिब डेढ सयको संख्यामा रहेका उनीहरुले मसाल सहित क्याम्पस प्रागढदेखि विराटनगरको रोडशेष चोकसम्म जुलुस प्रद्धशन गरेका […]