०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

समाचार

विराटनगरमा कहाँ खुल्याे “शैलुङ रेष्टुरेण्ट” ?

विराटनगर, कार्तिक १४ । विराटनगरको खाद्य संस्कृतिमा नयाँ आयाम थप्दै शैलुङ रेष्टुरेन्ट संचालनमा आएको छ।  विराटनगर महानगरपालिकाबाट १०० मिटर उत्तरतर्फ मेनरोडमा अवस्थित साे रेष्टुरेन्ट विराट स्कुल अफ होटल म्यानेजमेन्टले संचालनमा ल्याएको हो। विगत पाँच वर्षदेखि सोही स्थानमा होटल म्यानेजमेन्ट तालिम दिँदै आएको विराट स्कुल अफ होटल म्यानेजमेन्ट (BHSM) को अनुभवी जनशक्तिले नै रेष्टुरेन्टको संचालन गर्दैछन्। […]

बाँके,१३ कार्तिक । बाँके प्रहरीले गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, नयाँबस्तीबाट प्रहरीले सोमबार बिहान ७ सय किलो गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको हो। जानकी गाउँपालिका वडा नम्बर ५, बुढियागाउँमा गाई काटेको आशंका गरिएको छ। भे १ ज ३८९ नम्बरको म्याजिक भ्यानमा राखेर ल्याउँदै गर्दा प्रहरीले मासु बरामद गरेको […]

काठमाडाैं, कार्तिक  ११। नेपालमै विश्वस्तरीय टाइल उत्पादन शुरु भएपछि भारतलगायत विदेशी ब्राण्डका टाइलको बजार खुम्चिन थालेको छ। एक दशकको लामो तयारी र अध्ययनपछि सुनसरीको सोनापुरमा स्थापित अरिहन्त इन्फ्रा प्रालिले निमाटो ब्राण्डमा टाइल उत्पादन गरिरहेको छ। कोभिड-१९ को लकडाउनपछि कारखाना निर्माण शुरु गरिएको यो उद्योगले टाइल उत्पादन थाल्नुअघि भारत र अन्य देशका प्रख्यात टाइल उद्योगहरूको अध्ययन, […]

विराटनगर, कार्तिक ११ ।  कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे […]

काठमाडौँ ,११ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् ।  सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए ।  ‘संघीय अस्पतालको […]

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामाेड, कर्तिक १ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बह्रदशी गाउँपालिकामा लाग्ने फुलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझाेभाँझाे मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका छन्। फास्ट फुड तथा मिठाई व्यापारीहरुले मेलामा बिहानदेखि नै जुलेबी, निमकी लगायतका खानेकुरा बनाएर बेचबिखन समेत […]

विराटनगर, कार्तिक १ । लामो समयदेखि गाडी नचलाएर बसेकाहरुकाे लागि विराटनगरको जेके ड्राइभिङ स्कुलले विशेष कोर्स ल्याएको छ। स्कुलका संचालक गोकुल थापाका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरमा एक हप्ते रिभिजन कोर्स मात्र रु. ५,००० मा उपलब्ध गराइएको छ। “हाम्रो उद्देश्य सुरक्षित र आत्मविश्वासी चालक तयार पार्नु हो,” थापाले भने। “विशेषगरी लामो समयदेखि गाडी […]