Fine Gold | 1 Tola | NRs. 198400 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1985 |
विराटनगर, वैशाख १३ । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो । जितँसगै पेमा युवा क्लबले शनिबार हुने फाइनलमा उपाधिको लागि सशस्त्र […]
काठमाडौं, वैशाख १३। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा विहीवार काठमाडौंमा बसेको कार्य सम्पादन समितिको बैठकले स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासचिव दीपक गुरुङले जानकारी दिए । […]
काठमाडौँ,१३ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, […]
काठमाडौँ,१३ बैशाख । बैशाख १५ गते शनिबार इलाम २ र बझाङ १ (क) मा उपनिर्वाचनमा बुधबार रातिदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगले बुधबार मध्यरात १२ बजेदेखि मौन अवधि शुरु भएको हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकुल हुने […]
काठमाडौं, १३ वैशाख । कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा ८ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार […]
विराटनगर, वैशाख १२ । विराटनगरको ‘दर्शन नेपाल नि:शुल्क अभियान’ले सडकमा रहेकाे खाल्डाेखुल्डी पुर्ने अभियानकाे थालनी गरेकाे छ । विगतकाे केहि वर्षदेखि निरन्तर समाजिक कार्यमा जुटेकाे साे अभियानले मंगलबार विराटनगरकाे विभिन्न सडकहरुमा रहेकाे खाल्डाेखुल्डीलाई पुरेकाे छ । साे अभियानकाे शुरुवात महेन्द्र माेरङ्ग क्याम्पसकाे मुख्यद्वारा अगाडि रहेकाे सडक खाल्डाेलाई पुरेर गरिएकाे छ । खाल्डाे पुर्ने अभियान अझ […]
विराटनगर वैशाख १२ । विराटनगरकाे याेगिज रेष्टुरेण्टमा हिन्दि, इंग्लिस लगाएत सम्पुर्ण विदेशी गाना निषेध गरिएकाे छ । याे रेष्टुरेण्टले आफ्नाे हाताभित्र शुद्ध नेपाली गाना मात्र बजाउने गरेकाे छ। रेष्टुरेण्टका संचालक याेगी प्रताप सिंह आफैपनि नेपाली गानाका पारखी हुन् । विराटनगरकाे एयरपाेर्ट राेडमा रहकाे साे रेष्टुरेण्टमा शुक्रबार र शनिबार लाईभ म्युजिक समेत आयाेजना हुने गरेकाे छ […]
काठमाडौं ,१० बैशाख । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश […]
काठमाडौँ ,१० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले […]
विराटनगर , बैशाख ९ विराटनगरमा सस्तो अनि मिठो मटन सेकुवाको खोजीमा हुनुहुन्छ ? यदि हो भने, कहाँ जाने त ? जाने चाँही, विराटनगरको रेन्बाे-गल्लीमा रहेको “द हेभेन क्याफे एण्ड बार” मा नै हो । यँहा खसीको सेकुवा रु ३०० प्रति प्लेटमा उपलब्ध भइरहेको छ । सो कुराको जानकारी यस द हेभेन बारका संचालक अमित कर्णले […]