०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

समाचार

घरेलु टोली सांग्रीला विराट गोल्डकपकाे फाइनलमा

विराटनगर, चैत २१ । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त […]

काठमाडौं,२१ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन आज पनि कार्यसम्पादन समिति बैठक बोलाएको छ । अरू दलले घरदैलो थाल्दा कांग्रेसलाई उम्मेदवार छान्न महाभारतनै भएको छ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा आज टुङ्गो […]

काठमाडौं, २० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्धको विरोध कायमै राख्ने निर्णय गरेको छ। मंगलवार पार्टी सभापति शेर बहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन तथा पदाधिकारी बैठकले गृहमन्त्री लामिछाने विरुद्ध संघीय संसदमा विरोध कायमै राख्ने निर्णय गरेको एक नेताले  जानकारी दिए। प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम सुरु […]

काठमाडौं, २० चैत । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार प्रहरी नायब उपरीक्षक ९डीएसपी० केसीलाई दुई वर्ष कैदसहित नौ लाख ५० हजार जरिवानाको फैसला गरेको हो । डीएसपी केसीले २०७९ […]

विराटनगर, चैत २० । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा आफ्नाे चाैथाे आउटलेट संचालनमा ल्याएको छ । विराटनगरकाे सबैभन्दा पुरानाे र आधाकारिक बेकरी “किरण क्लासिक“ले  विराटनगरकाे विरेन्द्रसभागृह विपरितमा नयाँ आउटलेट शनिबारदेखि संचालनमा ल्याएकाे हो । शोरुम संचालनको अवसरमा उद्योगले १० दिनसम्म आफ्ना सबै उत्पादमा विषेश […]

विराटनगर, चैत २० । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । जितसँगै […]

बागमती,१९ चैत । माओवादी केन्द्र बगमतीका संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, […]

विराटनगर, चैत १९ ।  यसपटकको विराट गोल्डकपबाट विराटनगरमा पास कल्चरको अन्त्य भएको छ । गोल्डकप आयोजकको अठोट र विराटनगरका प्रतिष्ठित व्यक्तित्व एवं नागरिक समाजको अगुवाईमा विराटनगरमा पास कल्चर अन्त्य भएको हो । पास कल्चरको अन्त्य गर्नमा विराट गोल्डकप आयोजक टोलीको महोत्वपुर्ण भुमिका रहेको छ । विराटनगरमा प्रायः कुनै पनि कार्यक्रम हुँदा पहुचवालाहरुको लगी छुट्टै पास […]

विराटनगर, चैत १९ । दर्शन नेपाल निःशुल्क अभियानले विराटनगरमा वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको छ । दर्शन नेपालका एक दर्जनभन्दाबढी  सदस्यले शनिबार रोडशेषबाट वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको हो । कोरोनाकालदेखि विभिन्न समाजिक काम गर्दै आएकोे सो अभियानले विराटनगरको सौन्दर्यलाई बचाई राख्न उक्त कार्य शुरु गरेको अभियानका अध्यक्ष दिपक ढकालले बताए […]

काठमाडौं ,१८ चैत ।  पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन् । पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत शाहीले बताए । उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुन्छ । […]