विराटनगर ,चैत्र १ सरकारले कुखुरालाई खुवाउने दानाको मूल्य वृद्धि गरेको भन्दै नेपाल कुखुरा पालक किसान संघले मूल्य फिर्ताको माग गरेको छ । दानाको मूल्य वृद्धि तथा चल्ला उत्पादन लागत मूल्य भन्दा ११० प्रीतशत मूल्य वृद्धि गरेको भन्दै उनीहरुले फिर्ताको माग गरेका हुन । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष झनकप्रसाद पौडेलले बिनाकारण मूल्य […]
विराटनगर ,चैत्र १ उद्योग संगठन मोरङको अध्यक्षमा सुयष प्याकुरेल सर्वसम्मत निर्वाचित भएका छन् । प्याकुरेल उद्योग संगठन मोरंङको ४८ औं बार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियामा सर्वसम्मत रुपले अध्यक्षमा निर्वाचित भएका हुन । उक्त निर्वाचनबाट बरिष्ट उपाध्यक्षमा प्रदिप मुरारका, उपाध्यक्षहरुमा राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र कोषाध्यक्ष बिपीन कावरा निर्वाचित भएका छन् । यसैगरी […]
काठमाडाैं, फागुन २९ रंगेलीका मेयर दिलिप बगडियाले विभिन्न व्यवसायमा अदृश्य लगानी गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय राजस्व छलीको विवादमा तानिएको विराटनगरको रोयल मार्बलमा समेत बगडियाको ठुलो लगानी रहेको पाईएको छ । विराटनगरको कंचनवारीमा संचालनमा रहेका रोेयल मार्बल प्रा.लि. नेपालकै एक ठुलो मार्बल–टाईल आयत तथा बिक्रि विरतण गर्ने कम्पनीको रुपमा चिनिन्छ । सो […]
विराटनगर ,फागुन २९ नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्वअध्यक्ष महेन्द्र विष्टले उद्योग संगठन मोरङले गरेको पत्रकार सम्मान बहिस्कार गरेका छन् । उनले फेसबुकमा ‘मलाइ सम्मानको कुनै पनि जानकारी आएको थिएन् । उद्योग संगठनको क्षेत्रमा त्यस्तो मैले कुनै योगदान पनि नपु¥याएको कारणले मलाइ सम्मान चाहिदैन,’ भनेर लेखेका छन् ।
विराटनगर ,फागुन २९ विराटनगरका ७ पत्रकारहरु लाई उद्योग सङ्गठन मोरङले सङ्गठनको ४८ औं बार्षिक साधारणसभाको अवसर सम्मानित गरेको छ । निष्पक्ष पत्रकारिताको माध्यमबाट नागरिक, सरोकारवाला र सर्वसाधारणलाई सु–सुचित गराउन ठुलो भुमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र […]
विराटनगर २८ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैकले ल्याएको मौदृक नितिलाई निजि क्षेत्रले आत्मासाथ गरिदिएको कारण महामारी लगतै आर्थिक क्षेत्र सुधार आएको बताएका छन् । उद्योग संगठन मोरङको ४८ औ वार्षिक साधारण सभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगको कारण चाडै आर्थिक सुधार सम्भव भएको बताएका हुन। […]
विराटनगर ,फागुन २८ प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएको एक कारखानामा छापा मारेकाे छ । विराटनगर–११ जनपथ टोलमा रहेको उक्त कारखानामा विगत २० वर्षदेखि नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकर टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले नक्कली मोविल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा छापा […]
विराटनगर २४ फागुन प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार एव विराटनगरका उद्योगी मोतीलाल दुगडले शक्तिको दुरुपायोग गरेर कानुन विपरित भारतीय चर्चित भुजियाकोे हुबहु नक्कल गरेर उपभोक्ता झुक्याइ रहेका छन् । शक्तिको आडमा भारतीय विकानेर भूजिय कम्पनीको नक्कली सेन्चुरी स्पाइस एण्ड स्न्याक्सले भुजियाका तीन ब्राण्ड उपभोक्ता झुक्याउने गरि नेपाली बजारमा ल्याएका हुन । दुगडले मुङदाल, कुछकुछ र […]
विराटनगर फागुन २४ आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेपछी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समेत नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो । नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि सूचना टाँसेर फागुन […]
विराटनगर फागुन २४ आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार नेपालको संविधानमा व्यवस्था गरेको छ । साथै लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा सरकारले बढी जोड […]