विराटनगर ,फागुन २३ प्रतिनिधिसभाको सातौं अधिवेशन आज अपराह्न चार बजे बस्ने भएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिए पछि संसदको हिउँदे अधिवेशन आज सुरु हुन लागेको हो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी […]
विराटनगर , फागुन २२ गोग्राहा चोकका सुकुम्बासीहरुले जबर्जस्ती घर भत्काउन खोजेको भन्दै विराटनगर महानगरविरुद्ध विरोधमा उत्रिएका छन् । महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा झण्डै ४० बर्षदेखि बस्दै आएका उनीहरुले महानगरपालिकाले जबर जस्ती हटाउन खोजेको भन्दै विरोध गरेका हुन् । महानगरपालिकाले शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको थियो । तर सोही दिन अपरान्ह नगर […]
काठमाडौँ ,फागुन २१ बिहीबार एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बैठक र विभिन्न समितिहरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको तिमिल्सिनाले बताएका छन् । राष्ट्रिय […]
विराटनगर ,फागुन १९ फागुन २० गतेका लागी बेलाइएको १ नम्बर प्रदेशको हिउँदे अधिवेशन चैत २ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार सूचना प्रकाशित गर्दै प्रदेशसभा सचिवालयले २ चैतसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो । फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा दाहाल–नेपाल पक्षले अविश्वास प्रस्ताव पेश भएपछि सभामुख प्रदीपकुमार भण्डारीे फागुन २० गतेसम्म […]
विराटनगर, फागुन १९ मोरङमा पहिलो र दोस्रो चरणमा गरी ११ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थकर्मी ,सफाइकर्मी , सुरक्षाकर्मी आदीलाई कोरोनाविरुद्धको खोप लगाएको थियो । तेस्रो चरणको खोप ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र पहिलो र दोस्रो चरणमा छुटेका फ्रन्टलाइनरलाई लगाइने छ । यस […]
विराटनगर, फागुन १८ ताप्लेजुङको दोभान बजारमा आज बिहानैदेखि लागेको आगालागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हाल सम्म आगलागीमा ५५ घर जलेर नष्ट भइसकेका छन् । आगोले बजार क्षेत्र भएका कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरु तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन् । आगो पूरै नियन्त्रणमा आइनसके पनि थप […]
विराटनगर,१८ फागुन मोरङको उर्लाबारीमा सन्थालहरुको लागी निर्माण गरिने एकिकृृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली आज आउने भएका छन् । विपन्न सन्धाल परिवारका लागी उर्लाबारीमा एक सय ३६ वटा घर निर्माण गरिने भएको हो । बस्ति निर्माणको लागी करिब ३० करोड रुपैयाँको लाग्ने अनुमान गरिएको छ । बस्तीको लागि आवश्यक पर्ने सडक, खानेपानी, मनोरञ्जन स्थल, […]
विराटनगर,फागुुन १७ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्का सिफारिसमा अधिवेशन यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा हुुन लागेको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
विराटनगर, फागुन १६ विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएको छ । उक्त फोटामा कार्कीले आफ्नो खुट्टा इन्दीरा कार्कीको नेमप्लेट भएका टेबलमाथि रखेको देख्न सकिन्छ । हेदैं असहज र अस्वभाविक लाग्ने यो तस्बिर सामाजिक सन्जालमा भाईरल भएको छ । स्वास्थ्य महाशाखा संयोजक रहेका कार्की […]
विराटनगर, फागुन १७ गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुल्ला भएको छ । आइतबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गरी एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला गरेको हो । जिल्लान्तर सरूवाका लागि सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय […]