०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

समाज

विराटनगरका साहित्यकार दधिराज सुवेदीको निधन

विराटनगर,१४ चैत । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भएका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको जनाइएको छ । विभिन्न अनुसन्धानात्मक तथा कालजयी कृति र दर्जनौं पुस्तकका लेखक, समालोचक, सम्पादक, पूर्वाञ्चलका साहित्यिक धरोहर, नेपाली भाषा र साहित्यको उन्नयनमा आजीवन साधनारत सुवेदीको निधनप्रति श्रष्टा तथा सर्जकहरुले दुःख […]

विराटनगर,१३ चैत ।  ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रर्दशनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नैपर्ने दर्शकहरूको सुझावअनुसार २०८१ साउन १८ गते चलचित्र ‘नालापानी’ पुनः […]

काठमान्डौं,१३ चैत । दुर्गा प्रसाईंको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति डा.गोविन्द केसीले आपत्ति जनाएका छन्। सर्वोच्च अदालतले झापास्थित बिर्तामोडमा रहेको व्यवसायी प्रसाईंको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार आदेश दिएको थियो। मंगलबार डा। केसीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। उनले अदालतको आदेशविरुद्ध भ्याकेटमा जानेसमेत चेतावनी दिएका छन्। केसीले जारी […]

विराटनगर,८ चैत्र । इटहरी उपमहानगरले सबै विद्यालयमा समान पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयन हुने भएको छ।  उच्च अदालत विराटनगरले इटहरी उपमहानगरविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयनको बाटो खुलेको हो। उपमहानगरभरीका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोशाक अनिवार्य गर्ने, निजी विद्यालयहरूले शैक्षिक सामग्री किनबेच गर्न नपाउने, भर्ना शुल्क एक पटकभन्दा बढी लिन […]

विराटनगर, चैत ८ । विवादबीच सभा मोरङको निर्वाचन सम्पन्न बुढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा बुधबार थारू कल्याणकारी सभा मोरङको १० औं जिल्ला अधिवेशनको कार्य समिति निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनकालागि बारम्बारको मिति सारिएपनि ७ चैतमा निर्वाचन हुने भनी निर्वाचन अधिकृत जयराम पंजियारले सार्वजनिक सूचना प्रकासित गरेका थिए । तर सभाको मोरङ अध्यक्षमध्येका एक […]

मोरङ,७ चैत्र । मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मोरङ बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। बमबहादुरले बुधबार बिहानका राति १ ४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको दाहालले बताए। उनका […]

भोजपुर,४ चैत्र । भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो । […]

धनकुटा, चैत ३  । मोटरसाईकलमा यात्रा गर्ने क्रममा सडक छेउको रुख अचानक भाचिएर लाग्दा धनकुटा नगरपालिका-१ की ३० बर्षीया उषा तामाङको  मृत्यु भएको छ । चैत्र १ गते प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाईकलमा श्रीमान संग धनकुटाबाट हिले तर्फ जाने क्रममा धनकुटा नगरपलिका-४ सल्लेरीमा सडक छेउमा रहेको रुख अचानक भाचिएर मोटरसाईकलको पछाडी सवार रहेकी तामाङलाई लाग्दा […]

विराटनगर,३ चैत्र ।  विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थो बिभागमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ । सिरहाको फुल्काहकट्टी घर भएकी नर्स दास विराटनगर विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्ने गरेकी थिइन् । उनको आज दिउँसो हत्या भएको अवस्थामा डेराको […]

ताप्लेजुङ,२ चैत्र । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट रु ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन भएको रु। ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रूपमा जानकारी गराएको हो। […]