०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

समाज

धनकुटा बजारमा अव्यवस्थित तवरले राखिएका सामान नगर प्रहरीद्वारा जफत

धनकुटा, ३ फागुन । धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए […]

काठमाडौं,२९ माघ। साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन्। रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ। साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो […]

विराटनगर, माघ २८ । आइतबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सुनसरीको इटहरीस्थित यातायात व्यवस्था  कार्यालय तथा माताहातकाे ट्रायल सेन्टरमा छड्के चेकजाँच गरेका छन् । ट्रयाल तथा यातायातकाे कागजी काममा सेवाग्राहीबाट बिचाैलिया तथा कर्मचारीले घुस लिने गरेकाे गुनासाे आएपछी मन्त्री राई स्यवम् छेड्के जाँचमा पुगेका हुन् । मन्त्री राई हाफ भेष्ट, हाफ ज्याकेट […]

काठमान्डौं,२८ माघ । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो। विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो।समिति […]

बर्जु, माघ २५ बर्जु गाउँपालिकाकी उपाध्यक्ष नितु चौधरीले आफ्नो र गापा अध्यक्ष विचको सम्बन्ध सुमधुर रहेको बताएकी छिन् । केही समयअघि कुनै एक स्थानीय संचारमाध्यममा आएको अध्यक्ष र उपाध्यक्षविचको मनमुटावको विषयमा कुनै सत्यता नरहेको चौधरीले बताएकी छिन् । बिहिबार उपाध्यक्ष चौधरीले गापामा पत्रकारसँग भेटघाट गरी सो स्पष्टोक्ती दिएकी हुन् । आफ्ना श्रीमान मार्फत मनलाग्दी विकास […]

धनकुटा, २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, फ्रुटी […]

विराटनगर,२२ माघ । विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाले परिवारको जिम्मा लगाएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा बाटाे भुलीएकी ८५ वर्षीया तारादेवी पोद्धारलाई महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो । वृद्धालाई नगर प्रहरीले गाडीमा राखेर […]

काठमाडौं, २१ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल चितवन जाने भएका छन् । पूर्वराजा शाहका सम्वाद सचिव डा. फणिराज पाठकले सार्वजनिक गरेको सूचनाअनुुसार पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति आगामी साता चितवन भ्रमणमा जाने भएका छन् । पछिल्लो समय पूर्वराजा शाहले आफ्नो सक्रियता बढाएका छन् । यसअघि उनी मधेश प्रदेशको भ्रमणमा व्यस्त थिए ।

विराटनगर,माघ १७ । विराटनगरका समाजसेवी दिनबन्धु गोयलले मानव सेवा आश्रमको भवन निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । २३ करोडको लागतमा विराटनगर वडा न‌ं ५ मा आश्रमको  सुविधा सम्पन्न भवनहरु बन्दैछ । साेही भवन निर्माणकाे लागी गाेयलले आश्रमलाई सहयाेग प्रदान गरेका हुन् । मंगलबार गाेयलले आश्रमका अध्यक्ष लिला […]