०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

समाज

उद्योग र शैक्षिक क्षेत्रवीच विराटनगरमा अन्तरसम्वाद

 माघ १३, विराटनगर उद्योग र शैक्षिक क्षेत्रवीचको अन्तरसम्वादका माध्यमबाट सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयूक्त रुपमा आयोजना गरेको प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि विधार्थीहरुले दिगो र आत्मनिर्भर आर्थिक […]

सुनसरी, माघ १० सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४६ बर्षीय शम्भु दर्जी रहेका छन् । मंगलबार दिउसो २ बजे इटहरीबाट धरान तर्फ जादै गरेको ना१ज ७१२१ नम्बरको हाईस गाडीले बाटो क्रस गर्दै गरेको को६प ५६०३ नम्बरको मोटरसाईकल […]

विराटनगर, माघ ६ । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पाैडेल रहने निर्णय भएकाे सरकारका […]

वडामा भइरहेकाे समग्र काम बारे विराटनगर महानगरपालिका वडा नम्बर १२का अध्यक्ष हिरालाल कामतसँग गरिएकाे संक्षिप्त कुराकानी  वडा १२ मा दुइपटक वडा अध्यक्षको रूपमा निर्वाचित भइसक्नु भएको छ । किन जनताले तपाइलाई नै पुनः वडा अध्यक्षको लागि उपयुक्त ठाने ? यो त म प्रति जनताले देखाउनु भएको माया अनि विश्वास हो । यो भन्दा अगाडिको ५ […]

बिराटनगर, माघ ०४ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव […]

विराटनगर, माघ १ । नेपाल मगर संघ विराटनगरले शिक्षामा जोड दिंदै हुर्रा नाचेर माघे संक्रान्ति पर्व मनाएको छ । सोमबार डिग्री क्याम्पस विराटनगरको विज्ञानखण्डमा आयोजित कार्यक्रममा आफ्नो जातीय पोशाकमा सजिएका मगर समुदायका सदस्यहरुले मौलिक नृत्य हुर्रा नाच्दै, सेलरोटी, तरुल, तीलको लड्डु खाएर माघे संक्रान्ति मनाएका हुन् । सो अवसरमा मगर समुदायको पहिचान, सम्मान र शिक्षाको […]

विराटनगर,माघ १। काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लाेभ त्याग गरेपछि मात्रै असल समाजकाे निर्माण हुने बताएका छन् । हलुवाइ साह समुदायकाे कूल देउता बाबा कंगाली शिबदत्त देवकाे पूजनाेत्समा बर्जु गाउँपालिका-२ बेलगछियामा साेमबार मुख्यमन्त्री कार्कीले लाेभले नभई निःस्वार्थ मनले असल समाज बन्ने गरेकाे बताएका हुन् । ´समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूकाे कारण समाज […]

विर्तामाेड,पुष २९। विराटनगर निवासी समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुर स्थित “ओमप्रकाश गोयल कोलोनी”का परिवारलाई खाद्यसामग्री प्रदान गरेका छन् । उनले शुक्रबार कोलोनीमा बसोबास गर्दै आएका १४  परिवारका लागी माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण गरेका हुन् । स्वास्थ्यमा समस्या आएका कारण गाेयल स्वयम् भने वितरण कार्यक्रममा उपस्थित हुन सकेनन् । गाेयल नआउने भएपछि खाद्यसामग्री वितरण कार्यक्रम करिब […]

विराटनगर,२९ पुस / विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले सहजीकरण गर्नुभयो […]

विराटनगर,पुष २७ । विराट टेक्निकल म्यानेजमेन्ट इन्स्टिच्युट प्रा. लि.ले विराटनगर १२ स्थीत बखरी आधारभुत बिद्यलयमा महिला तथा बालबालिकाहरुलाई क्षमता विकास तालिम संचालन गरेकाे छ । विराटनगर वडा नं १२ को सहयोगमा पुष २६ गते देखि शुरु भएकाे उक्त तालिम ३ दिनसम्म चेल्नेछ । विराट टेक्निकल म्यानेजमेन्ट इन्स्टिच्युट प्रा. लि का प्रबन्धक जगनाथ रायका अनुसार ३ […]