०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

समाज

रोटरीकाे विराटनगर डाउनटाउनमा नयाँ नेतृत्व

विराटनगर, असार २२ । महिला मात्रै सदस्य रहने नेपालकाे एक मात्र क्लब रोटरी डाउनटाउन ‍ विराटनगरकाे नेतृत्व  मञ्जु अग्रवालले बुधवारदेखि  सम्हालेकी छिन्। बुधबार विराटनगरमा आयाेजित क्लबको पदस्थापन कार्यक्रममा रोटरीका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो। डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले नवनियुक्त अध्यक्षलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा पूर्व गभर्नरहरू बासुदेव गोल्यान, सन्तोष रिजाल, संजय गिरी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति […]

विराटनगर, असार २२ । रोटरी क्लब विराटनगर फ्युजनको नयाँ अध्यक्षमा विवेक अग्रवाल निर्वाचित भएका छन्। विराटनगरका युवा उद्यमी अग्रवाल यस क्लबको ८ औं अध्यक्ष हुन्। बुधवार विराटनगरमा आयोजित एक विशेष समारोहमा उनको पदस्थापन गरिएको छ। रोटरी क्लब विराटनगर फ्युजन विश्वको एकमात्र यस्तो क्लब हो जहाँ केवल विवाहित जोडीहरू मात्र सदस्य हुन सक्छन्। सन् २०१६ मा […]

विराटनगर, १९असार। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश , मोरङ जिल्ला तथा विराटनगर समितिले सम्युक्तरुपमा विविध कार्यक्रम गरेको हो । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धान्जली […]

विराटनगर,१९ असार । लायन क्लब अफ विराटनगर इनोभेटिभको वर्ष २०२४र०२५ को अध्यक्षका लागि रन्जिता खनाल पराजुली चयन भएकी छन् । उनले हालैको हप्ता जिम्मेबारी पाएकी हुन् । उनी नेतृत्वमा आएसंगै विभिन्न सामाजिक कार्यक्रमको घोषणा गरेकी छन् । उनले सामाजिक क्षेत्रमा सक्रिय रहने उद्घोष समेत गरेकी छन् । उनको पहिलो कार्यक्रम अन्तरगत विराटनगर पुष्पलाल चोकमा रहेको […]

१६ असार,विराटनगर । २१ औं धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले रोपाइँ कार्यक्रम आयोजना गरेको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महानगरले रोपाइँ आयोजना गरेको हो । महानगरको कृषि शाखाले हरेक वर्ष असार १५ अर्थात् धान दिवसका अवसरमा रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको छ । अघिल्लो वर्ष वडा नम्बर १८ मा धान […]

कानेपोखरी , १५ असार ।  स्वतन्त्र युवा क्लब रमाइलोले शुक्रबार  माेरङकाे कानेपोखरीमा रहेकाे ऐतिहासिक स्थल-पोखरीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा  “वृक्ष रोपौं स्वच्छ वातावरण कायम गरौं” भन्ने नाराको साथ क्लबले कार्यक्रमकाे आयाेजना गरेकाे हाे । साे वृक्षराेपण कार्यक्रमलाई सम्बाेधन गर्दै स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भवेश गुरुङले रुख विरुवाहरु मासीदै […]

विराटनगर,१५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस शनिबार खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने […]

काठमाडौं ,७ असार । सरकारले आठ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ देशका लागि राजदूत सिफारिस गरेको हो। सरकारका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूतमा सिफारिस भएका छन्। यस्तै, अमेरिकाका लागि चन्द्रकुमार घिमिरे राजदूतमा सिफारिस भएका छन्। यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कको लागि सुम्निमा तुलाधर, मलेसियाको लागि नेत्रप्रसाद तिमल्सिना, […]

काठमाडौं ,७ असार ।  नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। शुक्रबार अपराह्न नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्। उनले बैठकको निर्णय जानकारी दिदै भने, […]

विराटनगर,७ असार । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालन भएको ४ कार्य दिनको “ सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तिय लगानी” सम्वन्धी अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र […]